Sunday, September 20, 2026
Home अर्थ चोलेन्द्रकी छोरीलाई ऋण तिर्न लालिगुँरासको २१ दिने अल्टिमेटम

चोलेन्द्रकी छोरीलाई ऋण तिर्न लालिगुँरासको २१ दिने अल्टिमेटम

88

काठमाडौँ । ललिलपुरको जावलाखेलस्थित लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कर्जा नतिर्ने ग्राहकका लागि २१ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ। सहकारीले शुक्रबार जारी गरेर अल्टिमेटम दिइएको कर्जा नर्तिने ग्राहकको सूचीमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सृष्टि राणा रावल छिन् । उनी पूर्व गभर्नर तिलक रावलकी बुहारी हुन् ।
तोकिएको समयमा लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुरसमेत चुक्ता नगरे कानुनी अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहितको विवरण खुलाई फेरि ३५ दिने सूचना प्रकाशित गरिने जनाइएको छ। यस्तै संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपरको प्रकृया अगाडि बढाइने चेतावनी सूचनामा छ ।