बारा । नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ। बीपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।बीपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र विचार गोष्ठी कार्यक्रमको आयोजना...
धनगढी । दार्चुलामा बाढी पहिरोमा परेर पाँचजनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको हो।यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा...
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा धनजनको क्षति पुर्याएको छ। बाढीमा परेर ६ जना बेपत्ता भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै ६ जना बेपत्ता भएका छन्। एकको शव फेला परेको छ।बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना रहेको...
हरियाण । भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।भदौ ३१ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले...
काठमाडौं । पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ ।राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेक जनाएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी सिन्ध प्रान्त प्रभावित भएको...
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भटानबाीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ । प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभई ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन्।उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिइन्। यसका लागि...
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन खोज्नेलाई षड्यन्त्रकारीको संज्ञा दिएका छन्।शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन खोज्नेहरु षड्यन्त्रकारी भएकाले जोगिन गठबन्धनका दललाई आग्रह गरेका छन्।सत्ता गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरुलाई फाइदा हुने भन्दै गठबन्धनविरोधी गतिविधिमा नलाग्न आग्रह गरेका छन्। उपयुक्त र न्यायोचित तवरले सिट बाँडफाँट गर्ने देउवाले प्रतिवद्धता व्यक्त गरेका...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ ।
एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।
एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन...
काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।विभागका अनुसार विभिन्न...








