Monday, June 29, 2026
Home Blog Page 753
काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् । मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटेल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो,’ एक...
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारबाही गरिएको हो।बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको हो। कारवाहीमा...
काठमाडौँ । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य पदमा दरखास्त माग गरिएको हो।
काठमाडाैँ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय र तेजाबी सुन प्रतितोला ९३ हजार ३ रुपैयाँमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ। यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४...
चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् ।कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन्...
काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो ।...
काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि...