Sunday, September 20, 2026
Home Uncategorized महारानी एलिजाबेथको निधनप्रति राष्ट्रपतिले दूतावास पुगेर गरिन् दुःख व्यक्त

महारानी एलिजाबेथको निधनप्रति राष्ट्रपतिले दूतावास पुगेर गरिन् दुःख व्यक्त

75

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन्। नेपालस्थित बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले शुक्रबार महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी हुन्।

७० वर्ष गद्धीमा रहेकी महारानी एलिजाबेथको बिहीबार अपराहन्न ९६ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रपति भण्डारीले शुक्रबार दूतावास पुगेर महारानीमा श्रद्धाञ्जली अर्पण गरेकी हुन्। ‘महारानी एलिजाबेथ द्वितीयको निधनको खबरले म अत्यन्त दुःखी छु। सरकार तथा म स्वयमको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’, उनले भनेकी छन्।

नेपालीका लागि बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटले महारानीको निधनले गम्भीर शोक र अभावको सिर्जना गरेको बताएकी छन्। उनले भनेकी छन्, ‘महारानीले नेपाललाई माया गर्नु हुन्थ्यो। उहाँले यो सुन्दर देशको दुईपटक भ्रमण पनि गर्नु भयो।’

‘प्राप्त भएका सबै समवेदना र सन्देशहरुप्रति हामी आभारी छौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभए जस्तै नेपालले महान प्रशंक गुमाएको छ, हामी उहाँको बिदाईको शोक साथमा भोगिरहेका छौँ’ उनले भनेकी छन्। अहिलेको समय गम्भीर अभाव र शोकको रहेको राजदूतले बताइन्। महारानीको लगावको सदैव स्मरण हुने बताइन्।