हिस्टुनका शिक्षकहरूको आन्दोलन चर्कंदै

67

महोत्तरी । महोत्तरीमा उच्च माध्यामिक विध्यालयमा कार्यरत शिक्षकहरूको आन्दोलन चर्कंदै गएको छ । महोत्तरीमा कार्यरत झण्डै ६० जना शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन् ।

शिक्षा ऐनको अभावमा उच्च माध्यमिक विध्यालयको दरबन्दीका लागि लामो समयदेखि काम गर्दै आएका शिक्षकहरूले स्थायी प्रक्रियामा प्रतिस्पर्धासमेत गर्न पाएका छैनन । ऐन पास गरेर स्थायी दरबन्दी प्रक्रिया अगाडि बढाउनुपर्नेमा पनि आन्दोलनरत शिक्षकहरूले माग राखेका छन् ।

२० वर्षदेखि कार्यरत शिक्षकहरूको भविष्य सुनिश्चित नभएको र जागिरसमेत धरापमा रहेको भन्दै पेसागत जीवनयापनको सुनिश्चित गर्न पनि उनीहरूले सरकारकाे ध्यानाकर्षण गराएका छन् । २०५६ सालदेखि उच्च माध्यमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि शिक्षक आयोग नै नबनाई सरकारले बेवास्ता गरेको आन्दोलनरत शिक्षकहरूको आरोप छ ।

जागिरको सुनिश्चित गरी निजामतीसरह सेवासुविधा दिनुपर्ने, आन्तरिक प्रक्रियाबाट स्थायी गराउनुपर्ने जस्ता माग रहेको शिक्षक इन्द्र लामाले जानकारी दिए । अहिले जिल्लाभरि ६० जना शिक्षक छन् । जसमा सबैभन्दा बढी बर्दिबास नगरपालिकामा छन् । बर्दिबास नगरपालिकामा मात्र २२ जना रहेको माध्यामिक शिक्षक युनियन (हिस्टुन)ले जनाएको छ ।