Saturday, June 27, 2026
Home Blog Page 719
काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् ।यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान...
बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका...
हेटौँडा ।  मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले...
काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट े प्रेमगीत...
काठमाडौं । देशका विभिन्न स्थानबाट अवेध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१...
सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।काठमाडाैंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले...
काठमाडौं । विभिन्न चारवटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार  गर्ने घोषणा गरेको छ । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्।निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।निर्वाचन बहिष्कार गर्ने...
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ बस्ने विष्णु न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।तनहुँको ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने ७५...
भक्तपुर । भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ । राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाम । चुलाचुली गाउँपालिका–५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।झ्याम्ले समेतका ५÷७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए । गुरुङ घाइते...