चार जना मृत अवस्थामा फेला   

33
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ बस्ने विष्णु न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने ७५ वर्षीय भिम बहादुर मल्ल सोही ठाउँस्थित खहरे खोलाको भिरबाट लडेर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बाख्रा चराउन गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बन नजिक मोहना नदीको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।