Saturday, June 27, 2026
Home Blog Page 717
काठमाडौँ । भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाइ गरे ।सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् ।यस्तै, खेलाडीहरुमा...
खोटाङ । खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए ।प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत...
काठमाडौँ । राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौँमा देखिन थालेको थियो। अहिले डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै ९० प्रतिशत बिरामीमा संक्रमण भेटिएको तथ्यांक छ।देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ।उपत्यकाका तीन जिल्लामा मात्रै...
काठमाडौँ । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट नेपाल र भारतसहित विभिन्न देशमा प्रदर्शनमा आएको छ । नेपाल र भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत- ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको विकासका लागि वाम एकता अपरिहार्य रहेको बताएका छन्।काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए।उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको...
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक  र फोन पेबीच दसैँतिहारलक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु १०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।‘एकथरी मान्छेहरू बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिइरहेको छ।त्यसैक्रममा शुक्रबार महानगरले काठमाडौँको अनामनगर क्षेत्रका अवैध संरचना हटाइरहेको छ। महानगरले आज अनामनगरस्थित अक्सिडेन्टल स्कुलले बनाएको अवैध संरचना भत्काएको हो।उक्त स्कुलले अवैध रुपमा निर्माण गरेको पर्खाललगायतका संरचना भत्काएको छ।
काठमाडौँ । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धिले विवाहमा केही आफन्त र कलाकार साथीहरूलाई निम्तो दिएका थिए ।
काठमाडौँ । आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ।रिमेश अधिकारी निर्देशित फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई...