हास्यकलाकार बुद्धिले कसे लगनगाँठो

35

काठमाडौँ । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धिले विवाहमा केही आफन्त र कलाकार साथीहरूलाई निम्तो दिएका थिए ।