काठमाडौँ । तेक्वान्दो प्रशिक्षक अशोक खड्काले प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेका छन्। आइतबार बिहान काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खड्काले ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौँ’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
कञ्चनपुर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमै डुबानमा पर्न थालेको व्यवसायीले बताए ।व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय...
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।शर्माले मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि मनाेनयन दर्ता गराएका हुन् ।उनले आज आइतबार दसैँकाे अन्तिम दिन टीका र जमरा लगाएर उम्मेदवारी दर्ता गराउन गएका थिए ।
काठमाडौँ । नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्।कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडाैँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्।लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा बहुमत कार्यसमिति सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन्।एन्फाको केन्द्रिय समिति र विशेष साधारण सभा सम्पन्न भएको दुई साता नबित्दै बहुमत सदस्यले बिभिन्न ६ एजेण्डामा छलफल गर्नु पर्ने भन्दै बैठक माग गरेका हुन्।बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा ३९(२) बमोजिम एक तिहाई पधाधिकारीले कार्य समितिको बैठक माग गरेकाले अध्यक्षले २१ दिन भित्र...
मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रूपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।उम्मेदवारी...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।ओलीले यही मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबार झापा-५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई साे क्षेत्रमा राप्रपाले समर्थन गरेको छ । उनी अघिल्लो निर्वाचनमा पनि झापा-५ बाटै निर्वाचित भएका थिए ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिला उमेदवारको संख्या अत्यन्तै न्यून छ।अर्थपूर्ण महिला सहभागिताको लागि नेतृहरुले आवाज उठाउदै आएपनि प्रत्यक्ष लड्ने आँट भने थोरैले मात्रै गरेका छन्।प्रतिनिधिसभा निर्वाचनका १६५ वटा निर्वाचन क्षेत्र मध्ये प्रमुख तीन वटा राजनीतिक दलले १६ वटा क्षेत्रमा मात्रै महिलाले उमेदवारी दर्ता गराउँदै छन्।नेकपा माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। कांग्रेस र एमालेले ५–५ जनालाई...
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो ।










