अर्थमन्त्री शर्माले गराए उम्मेदवारी दर्ता

30

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

शर्माले मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि मनाेनयन दर्ता गराएका हुन् ।

उनले आज आइतबार दसैँकाे अन्तिम दिन टीका र जमरा लगाएर उम्मेदवारी दर्ता गराउन गएका थिए ।