Tuesday, September 29, 2026
Home खेलकुद एन्फाको बैठक बोलाउन माग

एन्फाको बैठक बोलाउन माग

65

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा बहुमत कार्यसमिति सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन्।

एन्फाको केन्द्रिय समिति र विशेष साधारण सभा सम्पन्न भएको दुई साता नबित्दै बहुमत सदस्यले बिभिन्न ६ एजेण्डामा छलफल गर्नु पर्ने भन्दै बैठक माग गरेका हुन्।

बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा ३९(२) बमोजिम एक तिहाई पधाधिकारीले कार्य समितिको बैठक माग गरेकाले अध्यक्षले २१ दिन भित्र बैठक बोलाउनु पर्ने भएकाले सोही अनुसार बैठक बोलाउन आग्रह गरिएको बताए।

पत्रमा फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्ति, फिफा विश्वकपमा नेपालले पाएको टिकट र राष्ट्रिय तथा सहिद स्मारक लिग लगायत विषयमा छलफल गर्नु पर्ने माग निवेदकको रहेको छ।

बैठक माग गर्नेमा उपाध्यक्षत्रय विराटजंग शाही, दीर्घबहादुर केसी, दीपक खतिवडा तथा सदस्यहरुमा महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनीष जोशी, रुपेश अधिकारी, भरतबहादुर बुढ थापा, रविन्द्र चन्द, रमेश व्यन्जनकार, सरिला श्रेष्ठ र टिकाराम लामा रहेका छन्।

यसअघि अध्यक्षले केन्द्रिय समितिमा छलफल नै नगरि एसियाली फुटबल महासंघ (एएफसी) को निर्वाचनमा अध्यक्ष पंकजविक्रम नेम्वाङले सदस्को उम्मेदवारी दर्ता गराएपछि अन्य एन्फा पधाधिकारी रुष्ट बनेका थिए। तीन उपाध्यक्ष सहित १४ जनाले नेम्वाङ उम्मेदवारी खारेजीको मागसहितको पत्र शुक्रबार एएफसीलाई इमेल गरेका थिए।