Friday, June 26, 2026
Home Blog Page 704
काठमाडौँ । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा सायमी आँखी झ्याल चुनाव चिन्ह बाट चुनाव लडेका थिए।
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजबादी पार्टीका नेता रहेका उनले सोही दलबाट उम्मेदबारी दिएका हुन्।नेकपा एमाले र जनता सामाजबादी पार्टीबीच भएको गठबन्धन अनुसार क्षेत्र नम्बर १ को ‘ख’ जसपाले पाएको छ । सोही क्षेत्र बाट २०७४ सालको निर्वाचनमा जसपाबाट नै राउत प्रदेश सदस्यमा...
वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। मन्त्री यादवले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।जनता समाजवादी पार्टीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। नेकपा एमाले र  जसपाबीच भएको गठबन्धनअनुसार क्षेत्र नम्बर १ र २ जसपाले पाएको छ।यादव २०७४ को निर्वाचनमा जसपाबाटै निर्वाचित भएका थिए। उम्मेदवारी दर्ता गरिसकेपछि मन्त्री यादवले जुन...
गाेरखा । गोरखा क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । मियाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । २८ वर्षीय मियाँ सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने निश्चित देखिएको छ । मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा १ बजे पुगेर उम्मेदवारी...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘‍प्रचण्ड’ गोरखा पुगेका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित गोरखा पुगेका हुन्।प्रचण्ड आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट चुनाव लड्दै छन्। उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा भट्टराई विजयी भएका थिए। तर यसपटक उनले उम्मेदवारी नदिने भएपछि प्रचण्ड उक्त क्षेत्रबाट...
काठमाडौँ । रञ्जु दर्शनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएकी हुन् ।यसअघि विवेकशील साझा पार्टीमा रहेकी उनले आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनले नेकपा एमालेका ईश्वर पोखरेलसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छिन् ।
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् ।आउँदो मंसिर ४ गते संघ तथा प्रदेशसभाको चुनाव हुँदैछ । सो चुनावमा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।
काठमाडौँ । माओवादी नेत्री पम्फा भुषालले उमेदवारी दर्ता गराएकी छन्। उनले ललितपुर–३ बाट उमेदवारी दर्ता गराएकी हुन्।भुषाल २०७४ को निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाटै वाम गठबन्धनको तर्फबाट भारी मतले विजयी भएकी थिइन्। उनले २४ हजार ३६ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए।
काठमाडौँ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर २ बाट एमालेका मणिराम फुयालले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रदेशसभा तर्फ काठमाडौँ क्षेत्र नम्बर २ (क) बाट सानु श्रेष्ठ र २ (ख) बाट सुवर्ण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडाैँ । पूर्वसांसद गंगा चाैधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट उम्मेलवारी दर्ता गराएकी छन् ।नेकपा एमालेबाट सांसद बनेकी चाैधरीले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।एमालेले उनकाे निर्वाचन क्षेत्र दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा पाेलिटव्यूराे सदस्य शान्ता चाैधरीलाई टिकट दिएकाे छ ।