एमालेका ईश्वर पोखरेलले गरे काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

59

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् ।

आउँदो मंसिर ४ गते संघ तथा प्रदेशसभाको चुनाव हुँदैछ । सो चुनावमा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।