ललितपुर–३ बाट भुषालले गरिन् उम्मेदवारी दर्ता

46

काठमाडौँ । माओवादी नेत्री पम्फा भुषालले उमेदवारी दर्ता गराएकी छन्। उनले ललितपुर–३ बाट उमेदवारी दर्ता गराएकी हुन्।

भुषाल २०७४ को निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाटै वाम गठबन्धनको तर्फबाट भारी मतले विजयी भएकी थिइन्। उनले २४ हजार ३६ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए।