काठमाडौं, नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय...
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।बुधबार बेलुकीपख गएका ७।२ र ७।५ म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प भेनेजुएलाको इतिहासमा एक...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार नगरपालिकाको १४औं नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजारको बजेट ल्याएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले २ अर्ब २६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु...
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४कालागि बजेट २ अर्ब ४ करोड ४५ हजार बजेट ल्याएको छ । नगरउपप्रमुख रमेश बुडाथोकीले प्रस्तुत गर्नुभएको बजेट विवरण हेर्नुहोस् ।
बजेट वक्तव्य_final
भक्तपुर । मध्यपुर थिमिको बोदेमा एक हप्ताको उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । निलबाराही सुन्दरनगर टोल विकास सस्था, कुनिश्चा बोदेको आयोजना तथा बोदे ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सो प्रशिक्षण दिइएको हो । तालिमको आइतबार समापनमा प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै वडा अध्यक्ष रमेश थापा श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । श्रेष्ठले...
भक्तपुर । भक्तपुर जिल्लामा बर्ड फ्लु रोगको महामारी फैलिएको छ । पछिल्लो केही तथ्यांक अनुसार करिब ४० हजार आसपास कुखुरा नष्ट गरिएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा पन्छिमा लाग्ने रोग बर्ड फ्लु महामारी फैलिएको छ । बर्ड फ्लु रोग कुखुरामा सरेपछि हालसम्म भक्तपुरको चाँगु नारायण नगरपालिकाको वडा नम्वर २,८ र ९ मा पालिएका ३८ हजार ७...
सभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,
भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू, कर्मचारी मित्रहरू, सञ्चारकर्मीहरू तथा उपस्थित सम्पूर्णमा म हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु । नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएको ४ वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेका छौं । यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो र यस कार्यकालको...
भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत भयो । विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५...
भक्तपुर । लेखक तथा पत्रकार हरिसुन्दर छुकांको ‘नगरकोट’ पुस्तक सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावनालाई समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक सार्वजनिक भएको हो । लेखक छुकांले “जहाँ प्रकृति छ, त्यहाँ संस्कृति छ, जहाँ संस्कृति छ, त्यहाँ सभ्यता छ” भन्ने भनाइ उद्धृत गर्दै पुस्तकमा चाँगुनारायण नगरपालिका तथा...










