Tuesday, June 23, 2026
Home Blog Page 672
इनरुवा । सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का...
रसुवा । रसुवा कालिका गाउँपालिका वडा नम्बर २ शुवारामा कालिकास्थानबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।कालिकास्थानका ईलाका प्रहरीका अनुसार काठमाडौं जाँदै गरेको  बा ३ ख ६०३५ नम्बरको  बसमा करिव ३५ जना यात्रु रहेको १० जना यात्रु सामान्य घाईते २ जना यात्रु गम्भीर अवस्था रहेकाले त्रिशूली अस्पताल नुवाकोट पठाईएको छ ।प्रहरीले दुर्घटनाको कारण...
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका छन् ।कादिरोभको टिप्पणी असामान्य थियो किनभने युद्ध सुरु भएदेखि नै मस्को समर्थक सेनाहरूले युद्धभूमि आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन्। टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेरसन क्षेत्रमा...
काठमाडौं । काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई प्रहरीले बिहिबार राति पक्राउ गरेको हो।जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै...
काठमाडौं । फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो । फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । ‘मुख्य कुरा फिल्म हेरेर निस्किनु भएका दर्शक खुसी र...
काठमाडाैँ । सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको  घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा भाेलि बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे।अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, राजनीतिक विश्लेषक...
काठमाडाैँ । करोडौँ रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका -२ स्थित सहिद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ। संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरू दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन्।सो पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ। वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा...
काठमाडाैँ । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो।नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ।राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष रानाको शुक्रबार अन्त्येष्टि गरिने सचिव...
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।प्रदेश नम्बर २(०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु...
तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए ।शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ...