रसुवामा बस दुर्घटना, १२ जना घाईते

70

रसुवा । रसुवा कालिका गाउँपालिका वडा नम्बर २ शुवारामा कालिकास्थानबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।

कालिकास्थानका ईलाका प्रहरीका अनुसार काठमाडौं जाँदै गरेको  बा ३ ख ६०३५ नम्बरको  बसमा करिव ३५ जना यात्रु रहेको १० जना यात्रु सामान्य घाईते २ जना यात्रु गम्भीर अवस्था रहेकाले त्रिशूली अस्पताल नुवाकोट पठाईएको छ ।

प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको र चालक फरार रहेकाले खोजि भइरहेकाे र बाटाेमा पल्टिएको बस पन्छाउने कार्य भईरहेको कालिकास्थान प्रहरीका ईन्चार्ज कमल चौलागाईले जानकारी दिए ।