Tuesday, June 23, 2026
Home Blog Page 671
काठमाडौं । कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा पनि भब्य रुपमा मनाउन थालिएको छ ।आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर सोमबार बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ । रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम...
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार-२, मथारमा भएको दुर्घटनामा ३० जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीकाअनुसार ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।...
काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।उनले ट्विट गर्दै ‘चरी स्वतन्त्र भयो’ भनेर उल्लेख गरेका छन् । ट्विटर खरिद गरेलगत्तै उनले पराग अग्रवालसहित ट्विटरका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको बताइएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अग्रवाल...
काठमाडाैँ- सत्तारूढ गठबन्धनले मंसिर ४ मा तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि साझा उम्मेदवारको सूची सार्वजनिक गरेकाे छ।गठबन्धनले सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको  शुक्रबार संयुक्त विज्ञप्तिमार्फत् जानकारी दिएकाे हाे।विज्ञप्तिअनुसार केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनेछ।सूची हेर्नूहाेस्: 
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा...
काठमाडौँ । हङकङमा रेष्टुरेन्ट खोल्ने समयमा लगाइएको प्रतिबन्ध आगामी सातादेखि हट्ने भएको छ। हङकङमा आगामी बिहीबारदेखि रेष्टुरेन्ट, पब र अन्य केही स्थानमा लगाइएको प्रतिबन्ध थप खुकुलो बनाइने भएको हो।कोभिड-१९ महामारी नियन्त्रणको लागि भन्दै यस्ता व्यवसायलाई निश्चित समय मात्र खुला राख्न अनुमति दिइएको थियो।यद्यपि बिहीबार गरिएको घोषणाअनुसार भने अब रेष्टुरेन्ट, पबलगायतका व्यवसाय लामो समयसम्म खुला राख्न पाइनेछ।बिहीबारदेखि हङकङको सार्वजनिक स्थलमा...
काठमाडौं । नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपियाँ, १५ बुक तास र १६...
काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् ।...
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा दुई समुदायबीच झएको झडपमा संलग्नलाई कारबाही गर्ने निर्णय भएको छ।शुक्रबार बसेको सर्वदलीय बैठकबाट बिहीबार हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारबाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए।बैठकले भंगाहा नगरपालिका-८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा असमझदारीका कारण...
इनरुवा । सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो...