Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय ‘संयुक्त कमाण्ड’ स्थापना गर्ने तयारी

‘संयुक्त कमाण्ड’ स्थापना गर्ने तयारी

37

काठमाडौं । जापानले आफ्नो तीन सेल्फ डिफेन्स फोर्स इकाइहरूको निरीक्षण गर्न र आपतकालिन अवस्थामा अमेरिकी सेनासँग राम्रो समन्वय गर्न नयाँ संयुक्त कमाण्ड र नयाँ कमान्डिङ अफिसर स्थापना गर्न अघि बढिरहेको  निक्केई एसियाले खबर छापेको छ।

ताइवान स्ट्रेटमा कुनै पनि सम्भावित संकटको लागि राष्ट्र सतर्क रहँदै गर्दा,सम २०२४ सम्ममा पुनर्संरचना हुन सक्ने आँकलन गरिएको हो । अधिकारीले स्थल, सामुद्रिक र वायु सेल्फ-डिफेन्स फोर्सको सञ्चालनको निरीक्षण गर्नेछन्, र आफ्नो अमेरिकी समकक्षीहरुसंग नजिकबाट सञ्चार आदान-प्रदान गर्नेछन्।

त्यसका लागि सरकारले पहिले आत्मरक्षा बल ऐन संशोधन गर्नुपर्छ। यो योजनालाई वर्षको अन्त्यमा परिमार्जन गरिने तीनवटा सुरक्षा सम्बन्धी कागजातमा समावेश गरिनेछ। एक पटक आवश्संयक नीतिहरु शोधनहरू गरिसकेपछि सन २०२७ सम्ममा द्रुत-प्रतिक्रिया प्रणाली स्थापित हुनेछ ।

हाल,सेल्फ डिफेन्स फोर्सको संयुक्त स्टाफ अफिसले तीनवटै सेनालाई कमाण्ड गर्छ र चीफ अफ स्टाफद्वारा निरीक्षण गर्ने गरिन्छ। हाल कायम यस प्रणालीलाई थप मजबुत बनाउने प्रयास भएको बुझिएको छ ।