Wednesday, September 23, 2026
Home ताजा अपडेट छठ घाटमा चुनावी ब्यानर

छठ घाटमा चुनावी ब्यानर

37

बारा । निर्वाचन आचारसंहिताविपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका-१ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।

तर, आचारसंहिताविपरीत बारा(३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३९१० का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३९१० का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिह्नसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७९ को १३९ड० ले उक्त कार्य गर्न नपाउने भनेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आचारसंहिताविपरीतको कार्य गर्न कसैलाई छुट नभएको भन्दै उम्मेदवारले लगाएको ब्यानरलाई तत्काल हटाइने बताए ।