Wednesday, September 23, 2026
Home ताजा अपडेट ग्वार्कोमा जिपको ठक्कर, पैदलयात्रीको मृत्यु

ग्वार्कोमा जिपको ठक्कर, पैदलयात्रीको मृत्यु

56

ललितपुर । ललितपुरको ग्वार्कोमा स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई ठक्कर दिएको थियो।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको छ। दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।