Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय राजा चार्ल्समाथि अण्डा प्रहार, एकव्यक्ति पक्राउ

राजा चार्ल्समाथि अण्डा प्रहार, एकव्यक्ति पक्राउ

30

उत्तरी इंग्ल्याण्डकाे भ्रमणमा रहेका राजा चार्ल्समाथि अण्डा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बुधबार राजा चार्ल्स र उनकी पत्नी क्यामिलामाथि अण्डा प्रहार भएकाे थियाे।

सामाजिक सञ्जालमा भाइरल भएकाे फुटेजमा चारवटा अण्डा बेलायती राजा र उनकी श्रीमतीको छेउमा उडेको देखिएकाे छ। नाराबाजी गरिरहेका एक प्रदर्शनकारीलाई तान्न प्रहरी अधिकारीहरू हतारिएकाे फुटेजमा देखिन्छ।

भीडमा रहेका अरूले ‘गड सेभ द किङ’ भनेर नारा लगाएका थिए। आफ्नी आमा महारानी एलिजाबेथको मृत्युपछि सेप्टेम्बरमा राजगद्दीमा आएका चार्ल्स उत्तरी इङ्गल्याण्डको दुई दिने भ्रमणमा छन्।

२०२२ मा एलिजाबेथको शाही कारमा पनि अण्डा फ्याँकिएको थियो जब उनी नटिङ्घम, मध्य इङ्गल्याण्डको भ्रमण गर्दै थिइन्। १९९५ मा मध्य डब्लिनमा पैदल यात्राको क्रममा ब्रिटिश विरोधी प्रदर्शनकारीहरूले चार्ल्समाथि पनि अण्डा फ्याँकेका थिए।