Tuesday, September 22, 2026
Home समाज २७ कात्तिकमा सार्वजनिक बिदा

२७ कात्तिकमा सार्वजनिक बिदा

168

पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय गरेको हो । मनकामनामा २७ कात्तिकमा विशेष मेला पनि लाग्छ ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार गुठी पञ्चमी त्यहाँका स्थानीयको विशष चाड हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने जानकारी गराएको छ ।