Wednesday, June 17, 2026
Home Blog Page 614
काठमाडौँ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । नेपालमा ‘दासत्वको समकालीन रूपहरू उन्मूलन गर्दै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा दास तथा दासता प्रथाको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपूर्ण बनिरहेको छ ।विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न सन् १९४९ देखि हरेक वर्ष २ डिसेम्बरका दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र...
काठमाडौं । कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ। तर यो हरेक मानिसलाई असर गर्ने विषय हो।चाख लाग्दो कुरा के छ भने, झन्डै आधा अविवाहित पुरुषले करिब चार महिनासम्म तिनको तन्ना नधोएको बताए। १२ प्रतिशत मानिसहरूले तन्ना गनाउन थालेपछि मात्र धुने वा...
काठमाडौं । फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार हुने खेलमा समूह-चरणअन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई-दुई खेलहरू हुँदैछन्।पहिलो खेलमा क्यामरुन र सर्बियाबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र घानाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुनेछ।त्यस्तै, विश्वकपअन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच ९:४५ मा...
काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आपपासमा हिँड्ने र तस्वीर लिनेलाई...
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ ।नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट (२०८० को साउन/भदौ)देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४००...
काठमाडौं । नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।एल्लो...
गुल्मी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको हो ।क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत...
काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरु गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।सत्तारुढ गठबन्धन आबद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा...
काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ...
काठमाडौँ । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने...