विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन टिम कोसँग भिड्दै?

38

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार हुने खेलमा समूह-चरणअन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई-दुई खेलहरू हुँदैछन्।

पहिलो खेलमा क्यामरुन र सर्बियाबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र घानाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, विश्वकपअन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच ९:४५ मा प्रतिस्पर्धा हुँदा मध्यरातमा पोर्चुगल र उरुग्वेबीचको प्रतिस्पर्धा हुनेछ।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्डको समान ३-३ अंक रहँदा क्यामरुन र सर्बिया अंकविहीन छन्।

त्यस्तै, समूह ‘एच’मा पोर्चुगलले ३ अंक बनाउँदा दक्षिण कोरिका र उरुग्वेको समान १-१ अंक रहेको छ। घाना अंकविहीन छ।