काठमाडौँमा चिनियाँ नागरिकबीच झडप, २ जना घाइते

65

काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो ।

विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसिङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।