Monday, June 15, 2026
Home Blog Page 605
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै...
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गर्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरू ।पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।
काठमाडाैं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान...
दोलखा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो । हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन्। उनीहरुबीच एक हजार ८२८ मतान्तर छ। दोलखाको...
-रोजिना संजेल काभ्रेपलाञ्चोक । मंसिर ४ गते सम्पन्न भएको संघीय र प्रदेश सभाको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेकपा एमाले पहिलो पार्टी बनेको छ ।संघ तर्फको दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ बिजय भएका थिए । क्षेत्र नं. २ मा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले जितेका छन् ।जिल्ला निर्वाचन...
काठमाडौं । एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँ प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका...
काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ ।शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए ।उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ ।जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५...
बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गरेका...
काठमाडाैं  ।  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै महानिरीक्षक सिंहले सो प्रतिबद्धता जनाएको हुन् । उनले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए ।पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न...