Saturday, June 13, 2026
Home Blog Page 596
कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–११ मा एक युवा मृत फेला परेका छन्।स्थानीय ३५ वर्षीय हरि भनिने मानबहादुर कार्की नालामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहन बहादुर सिंहले जानकारी दिएका छन्।गए राति करिब साढे ६ बजेतिर उनी घरबाट निस्किएका उनको टाउकोमा कोतरिएको घाउ देखिएको छ। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा पठाइएको छ।
काठमाडौँ । भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार साँझ एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएका भारतीय समाचार एजेन्सी  एएनआईले जनाएको छ। जोधपुरको शेरगढ थाना इलाकामा सिलिन्डर ग्यास फुट्दा दुर्घटना भएको हो। हालसम्म पाँचजनाको मृत्यु भएको र घाईते ५५ जनाको जोधपुरस्थित एक अस्पतालमा उपचार जारी छ।प्रहरी थाना शेरगढले भारतीय सञ्चार माध्यामलाई दिएको...
काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको सम्बन्धमा सर्वोच्च अदालतलाई दिने जवाफका विषयमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम छलफलमा जुटेका छन् । उनी आफ्नै कार्यकक्षमा सचिव, प्रवक्ता लगायतसँग परामर्शमा छन् ।महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।५० जनाको वकालतनामा परेको र बढीमा ५ जनाले बहस गरेर चिया समय अगाडि नै सकाउने गरी तयारी गरिएको छ ।संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए । त्यसविरुद्ध सोही दिन सर्वोच्चमा रिट परेको थियो ।रिट सुनुवाइका...
काठमडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ।बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ।राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ।
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। शनिबार पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ।पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए। यो विषय पनि बैठकमा छलफलको एजेन्डा बन्ने एक नेताले बताए। पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने...
धनगढी । धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्। उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद...
बुटवल । तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ। बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ।तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए।“अप्ठ्यारो बाटोलाई फराकिलो बनाउन केही समय सडक बन्द गरेर कामको सुरुआत गरिएको छ” उनले...
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ। बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु...
काठमाडौँ । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवशायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत परिसरभित्र प्रवेश गर्न नदिने तथा आज पनि धर्नामा बस्दै छन्।सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको...