Thursday, October 1, 2026
Home समाज कञ्चनपुरमा एक मृत युवा फेला

कञ्चनपुरमा एक मृत युवा फेला

37

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–११ मा एक युवा मृत फेला परेका छन्।

स्थानीय ३५ वर्षीय हरि भनिने मानबहादुर कार्की नालामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहन बहादुर सिंहले जानकारी दिएका छन्।

गए राति करिब साढे ६ बजेतिर उनी घरबाट निस्किएका उनको टाउकोमा कोतरिएको घाउ देखिएको छ। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा पठाइएको छ।