Saturday, June 13, 2026
Home Blog Page 592
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । केही दिन अगाडी मात्रै प्रकानमान सिंह समेत ओलीको घरमा गएका थिए । ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ। भेटवार्तामा ओलीले नयाँ...
विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो ।पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम...
काठमाडौं । ठमेललाई सफा र व्यवस्थित बनाउन ठमेल पर्यटन विकास परिषद्ले जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए...
विराटनगर । प्रदेश-१ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पाँच जना आकांक्षी देखिएका छन् । कांग्रेस संसदीय दलको नेता नै मुख्यमन्त्री  बन्ने सम्भावना रहेका कारण कांग्रेसमा आकांक्षीहरु धेरै देखिएका हुन् ।प्रदेश १ मा प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी कांग्रेसको २९ सिट छ । प्रत्यक्षबाट निर्वाचित चार र समानुपातिकबाट निर्वाचित एक जना प्रदेशसभा सदस्य संसदीय दलको नेताका लागि धौडधूप...
काठमाडाैं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्दैछ । आज डिसेम्बर १२ मा ट्वीटरले ब्लू टिक सब्सक्रिप्सन पुनः सुरु गर्न लागेको हो ।यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् र त्यस्ता भेरिफाइड अकाउन्टहरुमा ट्वीट एडिट गर्नेदेखि अन्य विभिन्न सुविधाहरु प्राप्त हुने बताइएको छ ।ट्वीटरको...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ...
काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको...
धादिङ । धादिङमा श्रीमान्-श्रीमतीको विभत्स हत्या भएको छ । हिजो (आइतबार) राति उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्लाको त्रिपुरासुदरी गाउँपालिका–३ आहालेमा श्रीमान्–श्रीमतीको विभत्स हत्या भएको हो । घरमा सुतिरहेको अवस्थामा ६२ वर्षीय श्रीमान् विष्णु बहादुर आलेमगर र ६० वर्षीया श्रीमती निरमाया आलेमगरको विभत्स हत्या भएको प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी...
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेल साेमबार सम्पन्न भएकाे छ। महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ।यो वर्ष पनि महानगरले काठमाडौँको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको हाे। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल...