Tuesday, September 22, 2026
Home राजनीति किन धाउदैंछन् ओलीको घरमा कांग्रेसका नेता

किन धाउदैंछन् ओलीको घरमा कांग्रेसका नेता

54

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । केही दिन अगाडी मात्रै प्रकानमान सिंह समेत ओलीको घरमा गएका थिए । ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ। भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए।

भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री आफु बन्ने अभिलाषा बोकेर ओलीको घरमा कांग्रेसका नेताहरु धाउन थालेका छन् ।