काठमाडौं । उपत्यकामा सोमबार बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ ।सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारीसाधनका चालकहरुलाई पनि...
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले पहिलो पटक ५८ वटा निजी विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको छ । जसअनुसार महानगरभित्रका ६ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।महानगरमा १४८ निजी विद्यालयमध्ये ५८ वटाले मात्र स्तर निर्धारणका लागि निवेदन दिएका थिए । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका...
विराटनगर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने सहभागीहरूले जानकारी दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ ।ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाशक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा सहभागी...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन्।आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन्।उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका...
काठमाडौँ । कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरले जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता सूर्यविनायकको कांलाचास्थित हेल्थी फुटसलमा संचालन हुनेछ ।माध्यमिक र आधारभूत दुवै तहको एकरएक खेल समूहले प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले भाग लिएका नेशनल प्याब्सन भक्तपुरका...
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बागमती प्रदेशको समानुपातिक सांसदको लागि दुई जनाको नाम सिफारिस गरेको छ । नेमकिपाले निर्वतमान सांसद सिर्जना सैंजु र चाँगुनारायण नगरपालिका वडा नं. ७ निवासी गिता काफ्लेलाई पार्टीको तर्फबाट समानुपातिक सांसदकोलागि सिफारिस गरेको हो । सामानुपातिक सहित नेमकिपाको बागमती प्रदेशमा सांसद संख्या तीन पुगेको छ ।
काठमाडौँ । संसद सचिवालयले सर्वोच्च अदालतले पठाएको पत्रको ‘रेस्पोन्स’ गरेको छ।संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्च अदालतको फुलकोर्टले उक्त पत्रको कानुनी आधार खोज्दै संसद सचिवालयले पत्र लेखेको थियो।सर्वोच्चको उक्त पत्रको संसद सचिवालयले आइतबार जवाफ पठाएको हो। महासचिव गौतमले सर्वोच्चको पत्रको रेस्पोन्स गरेको जानकारी दिए। उनले भने, ‘हामीले सर्वोच्चको फुलकोर्टले...
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय अगाडिको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।पालिकाको थली क्षेत्रमा रहेको सडकमा कालोपत्रे नभएको स्थानीय गुनासो छ । लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ ।
काठमाडौं । आगामी माघको दोस्रो सातादेखि नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गरिने भएको छ ।आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर...










