Friday, June 12, 2026
Home Blog Page 588
काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएकाे जरिवाना मिनाहा गरिदिन निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले ताेकिएकाे ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयाेगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना ताेकेकाे थियाे ।जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनकाे मेयर पद जानेछ । मेयर शाहले बुधबार आफूमाथि लागेकाे जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन...
रुपन्देही ।  रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको  दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् ।उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ ।  मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी...
काठमाडौँ । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गरेको छ।अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त मागसहीतकाे  ज्ञापनपत्र बुझाएकाे छ ।
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिए। आयोगले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ ।‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ उनले...
काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले अनलाइनखबरसित भने ।घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको...
जेनेरियो । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् ।बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, मा माध्यमिक तहमा यूनिटी स्कुल प्रथम र आधारभूत तहमा ईडेन गार्डेन स्कुल प्रथम भएका छन् ।माध्यमिक तहको दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ स्कुल तथा तेश्रो स्थान क्रमश आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल हाँसिल गरेका थिए । आधारभूत तहमा दोश्रो...
काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकलो लागेको छ भने दुईको मूल्य घटेको छ...