Friday, June 12, 2026
Home Blog Page 587
काठमाडौं । केन विलयम्सनले न्युजिल्याण्डको टेष्ट टिमको कप्तानी छाडेका छन् । ६ वर्षदेखि टेष्टको कप्तानी गर्दै आएका विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।विलियम्सनले छाडेपछि फास्ट बलर टिम साउदी न्युजिल्याण्डको नयाँ टेष्ट कप्तान नियुक्त भएका छन् । अब न्युजिल्याण्डले टिमकै कप्तानी पाकिस्तान विरुद्ध खेल्नेछ ।२०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको...
पोखरा । तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् ।उनलाई श्रीमती ३६ वर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । उनीहरू पोखरा महानगरपालिका- ३० शिसुवा घर भइ दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।‘मादक पदार्थ...
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्।बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।
काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ ।  प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।संघमा...
दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ।बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status) तराई भूभागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।२०७९ मंसिर २९...
काठमाडाैँ । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात छ। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ ।उनले अहिले सङ्क्रमण घटिरहेकाले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिए।सबैभन्दा...
काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । त्यसैले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति...
काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २।६२ अंकले ओरालो लागेर १८९७।०८ विन्दुमा आएर रोकिएको छ।  मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको थियो।बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७...
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन्।संघीय संसद् सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसद् सचिवालयका कर्मचारीले आफूलाई संघीय संसद् सचिावलयमै कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे।उनले प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसद्को प्रतिभामा...