Monday, September 21, 2026
Home खेलकुद ‘जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ’: मेस्सी

‘जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ’: मेस्सी

77

जेनेरियो । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’

विश्वकपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन्। ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन्।

‘हामी कठिन परिस्थितिहरूबाट गुर्ज्यौ। आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् ।