काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान र्याली निकालेर प्रदर्शन गरेका हुन् ।त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१...
काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेकाे हाे।छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा काराेबार भएकाे...
नेपालगञ्ज । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। यो मागको एक तिहाइ मात्रै हो।जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए। उनका...
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ।द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो। महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए।क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध...
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ ।४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ ।आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।तर, आयोगले आज प्रतिनिधिसभातर्फ १...
तनहुँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौंपटक स्थगित भएको छ। गत आइतबार स्थगित भएपछि सुनुवाइका लागि पुस ११ गतेलाई पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिएका छन्।नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका शाहको पाँचौंपटक सुनुवाइ स्थगित भई सो मितिमा सरेको उनले बताए। शाहको मुद्दामा आइतबार सुनुवाइ तोकिएको थियो। तर, त्यस दिन जिल्ला...
काठमाडौँ । निर्वाचन आयाेगले बुधबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूकाे घाेषणा गर्ने भएकाे छ।आयाेगले आज दिउँसाे साढे १ बजे पत्रकार सम्मेलन गर्दै समानुपातिकतर्फकाे सांसदहरूकाे नामावली सार्वजनिक गर्न लागेकाे हाे।निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हाे।यसपछि आयाेग राष्ट्रपति विद्या भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा लाग्नेछ।
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार साविक च्याम्पियन फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्।मध्यराति १२:४५ मा हुने खेलमा दुवै देश विश्वकपको सेमिफाइनलमा एकअर्कालाई हराउने उद्देश्यसहित मैदानमा उत्रने छन्। विजेता टिमले अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।अल बायत स्टेडियममा हुने खेलमा साविक विजेता फ्रान्स सातौँ पटक विश्वकप सेमिफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ। फ्रान्सले यसअघि १९५८, १९८२, १९८६,...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै प्रचण्डले उनले उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन र बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह पनि गरेका...
काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र...










