चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र...
काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प्यान्डोराको सुन्दरता उठाउन चाहन्छन् ।फ्यान फोरम साइट ‘अवतार फोरम्स’ले काल्पनिक प्यान्डोरा ग्रहको ‘सपनाको डिप्रेसनसँग सामना गर्ने तरिका’ शीर्षकको विषयवस्तुमा उक्त फिल्म हेरेर डिपे्रेसनको अनुभव गरेका एक हजारभन्दा बढी व्यक्तिको...
काठमाडौं । २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ। गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनल पुगेको हो।अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरणअनुसार बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ।अदुवा र नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १६५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६...
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएकाे छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाइएको हो।आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन...
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर जाँदै छन्। निजी क्षेत्रद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्न उनी आज त्यहाँ जान लागेकी हुन्।स्राेतका अनुसार राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएकाे छ। राष्ट्रपति जाने भएपछि विराटनगरलगायत वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ।विराटनगर महानगरपालिका- १४ स्थित डिग्री क्याम्पसमा आगामी पुस ६ गतेसम्म एक्स्पो सञ्चालन गरिने...
काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ ।१६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर...
काठमाडौँ । आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३०० रुपैयाँ कायम भएको छ।यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।यसैगरी, तेजावी सुनको...
एजेन्सी । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ ।फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए । मानव बेचबिखन गर्ने आपराधिक गिरोहले गैरकानुनी ढंगले आप्रावासीलाई तेस्रो देशमा लैजाने क्रममा बारम्बार डुंगा दुर्घटना बढ्ने गरेका छन् । यी विषयलाई...
जनकपुरधाम । सिरहामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनिया देवी कापरको हत्या भएको प्रहरी जानकारी दिएको छ ।घटनापछि मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा उनी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...









