२६ वर्षीया युवतीकाे हत्या, दुई जना पक्राउ

17

जनकपुरधाम । सिरहामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनिया देवी कापरको हत्या भएको प्रहरी जानकारी दिएको छ ।

घटनापछि मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा उनी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्बर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालत, सिरहाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।