विराटनगर । तत्कालिन नेकपा विभाजनपछि सात प्रदेशमध्ये सत्ता फेरबदल हुँदा सबैभन्दा बढी बदनाम भए गण्डकी र लुम्बिनी प्रदेश । नेकपा रहँदा स्पष्ट बहुमत भएको दुई प्रदेशमा पार्टी विभाजन पछि बल्ल तल्ल नयाँ सरकार गठन भयो ।तर, गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लुम्बिनीमा कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रियामा सांसदलाई अस्पतालमा भर्ना गर्नेदेखि सांसदलाई ‘बन्धक’ बनाउनेसम्म घटना विवादमा परे...
काठमाडौं । नेपाल वायुसेवा निगममा ‘क्याबिन क्रु’को आन्दोलनका कारण बिहीबार निर्धारित तीन वटा उडानका यात्रु रोकिएका छन् । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बनेका छन् । यसबाट सयौं यात्रुको उडान प्रभावित बनेको छ ।क्याबिन क्रु आन्दोलनमा रहेका कारण कम क्याबिन क्रु बोकेर...
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड ‘सेकेन्ड बेस्ट म्यानेज्ड बैंक’ अवार्डबाट सम्मानित भएको छ। न्यू बिजनेश एज प्रा. लि. ले आयोजना गरेको सातौँ न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्मा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो।उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए। आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ...
मुगु । मुगुको सदरमुकाममा लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता निकास गर्ने गरिएको छ ।लेखापाल नभएकै कारण लामो समयदेखि कर्मचारीले तलब भत्ताबाट वञ्चित छन् । लेखापाल नभएकै कारण प्रशासनिक सेवाप्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र...
काठमाडौं । बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता पाएनन् । आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/२२ वटा दलको...
काठमाडौँ । तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा आगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे । भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका...
काठमाडाैँ । युनाइटेड हाेम केयर सर्भिसद्वारा आयाेजित सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका आस्था राउतलाई त्यहाँकाे अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएकाे छ।अंग्रेजी नयाँवर्षकाे अवसरमा अमेरिकाकाे पेन्सिलभिनिया राज्यकाे ल्यानक्यास्टरमा आयाेजना हुन लागेकाे न्यू इयर म्यूजिक नाइटमा सहभागी हुन त्यहाँका लागि उडेकी राउतलाई त्यहाँस्थित ड्यालस अध्यागमनले फिर्ता पठाएकाे हाे।स्राेतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै उनलाई अमेरिका प्रवेशमा रोक...
काठमाडौं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो ।गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम...
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा...
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले २८ औँ महानगर दिवस भव्यताका साथ मनाएकाे छ। दिवसकाे अवसरमा महानगरपालिकाले बिहीबार वसन्तपुरमा एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे।महानगरले साेही कार्यक्रमका लागि आज सबै कामहरू ठप्प बनाएकाे छ। साे अवसरमा विभिन्न तस्बिरहरू प्रदर्शनी तथा प्रतियाेगितासमेत गरिएकाे छ। साथै, परम्परागत नेवारी खाजा तथा लत्ताकपडाकाे स्टलहरूसमेत राखिएकाे छ। कार्यक्रमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डङ्गाेल, ललितपुर...










