कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु

60

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो ।

कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने बताए । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका थिए ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेपछि देउवा दबावमा छन् ।