Thursday, June 11, 2026
Home Blog Page 574
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।संस्थापन इतरबाट उम्मेदवार बनेका महामन्त्री गगन थापाकाे समर्थकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् भने शेखर कोइराला प्रस्तावक बसेका छन्।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई...
वीरगञ्ज । भारतले वीरगञ्ज सीमानाका बन्द गर्ने भएको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन भएकोले सीमानाका बन्द गर्ने भएको हो ।भारतले वीरगञ्ज–रक्सौल सीमानाका यहीँ पुष १३ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।यसअघि पुस ३ गते भारतले पूर्वसूचनाविना नै बिहान ५...
सप्तरी । रूपनी गाउँपालिका राजविराज सडक खण्डको विद्युत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् ।उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिपरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ ।बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता उद्घाटन गरेका छन् ।कार्यक्रमको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेँले प्रतियोगितामा सहभागी सबैलाई पूर्ण सफलताको कामना दिदै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताए ।  खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको देश भएको बताए ।स्वास्थ्य,...
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा।...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीमा कर्मचारी मागेको छ । प्रक्षेपण दैनिकमा मंगलबार प्रकाशित सूचना अनुसार सहकारीले प्रमुख व्यवस्थापक पदकोलागि आवेदन खुलेको छ ।सूचना हेर्नुहोस्: 
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात् गोली चलेको हो । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...
काठमाडौं । फिफा विश्व वरियताको शीर्ष स्थानमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रहने भएको छ। ३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता आगामी बिहीबार सार्वजनिक गर्दा शीर्ष स्थानमा नपुग्ने इएसपीएनले जनाएको छ। ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ।फिफाले बिहिबार औपचारि वरियता सार्वजनिक: १. ब्राजिल २. अर्जेन्टिना ३. फ्रान्स ४....
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का पोलिटब्युरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ ।