देउवा र थापाले गराए उम्मेदवारी दर्ता

30

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

संस्थापन इतरबाट उम्मेदवार बनेका महामन्त्री गगन थापाकाे समर्थकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् भने शेखर कोइराला प्रस्तावक बसेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई प्रस्ताव गरेका छन्। त्यस्तै, पार्टी उपसभापति पूर्णबहादुर खड्काले देउवालाई समर्थन गरेका छन्।

पार्टीका नेता डा. शेखर कोइरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन्।