Thursday, June 11, 2026
Home Blog Page 568
काठमाडौँ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।  सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका...
काठमाडौँ । थारु भाषाको गीत ‘का यहे हो माया’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीत ‘सेबिल इन्टरटेनमेन्टु युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेको हो। गीतमा शब्द, संगीत र स्वर आरके थारुको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्।वीरबहादुर थारूले सम्पादन गरेको म्युजिक भिडियोमा आरके चौधरी र निर्जा राजवंशीले अभियन गरेका छन्। म्याड म्याक्स विक्रमले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन रजनिश चौधरीले...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ ।बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो ।आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक...
भक्तपुर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा...
भक्तपुर । ‘सिरियल किलर’ चार्ल्स शाेभराज आजै रिहाइ हुने भएका छन्। उनकाे रिहाइका लागि केन्द्रीय कारागार, सुन्धाराले भक्तपुर अदालतकाे पत्र कुरेर बसेकाे छ।शोभराजलाई जन्मकैद (२०) को कैद सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालयमा पुगेपछि उनी रिहाइ हुनेछन्। थुनामुक्त हुने प्रक्रियासमेत अघि बढिसकेको केन्द्रीय कार्यालयले जनाएकाे छ।सर्वोच्च अदालतले बुधबार ‘बिकिनी किलर’ भनेर चिनिने फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरी...
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन् । ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् । प्रतिनिधि सभामा २७५ जना सांसद छन्। तर आज १७ जना सांसद अनुपस्थित रहेका थिए ।सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था...
भक्तपुर । पर्यटकिय क्षेत्र नगरकोटमा रहेको नगरकोट भ्यु टावर जाने सडक चार दिनकोलागी बन्द हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा न.६ का वडाअध्यक्ष धन बहादुर लामाले आज बिहिबारदेखी आईतबारसम्म नगरकोट बसपार्कदेखी भ्यु टावर सम्मको सडक बन्द हुने जानकारी दिएका छन् ।एक विज्ञप्ति जारी गर्दै वडाअध्यक्ष लामाले कालोपत्रे गरीने हुदाँ नगरकोट भ्यु टावर जान भक्तपुर कमलबिनायक भत्केको पाटीबाट-सुडाल-कलमसी हुदैं जाने...
काठमाडौं ।  प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ । केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई शपथ ग्रहणमा सहभागी गराइने उनले बताए । संसदका...
काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ ।तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् ।पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ, ‘पेलेको क्यान्सर रोग...
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका...