काठमाडाैँ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण अगाडि बस्ने भनिएकाे सर्वदलीय बैठक सुरु भएकाे छ। बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा केहीबेरअघि सुरु भएकाे हाे।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसेकाे हाे। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक-एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरू सहभागी छन्।
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ शंकरपुर गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन् । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उनी बताउँछन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छरे। उनीहरु मात्र होइन, शंकरपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा...
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ।ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक...
काठमाडौँ । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो ।कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा...
काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका...
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ।बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ।यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो...
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्न दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ ।माओवादीको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद...
काठमाडौं । नेपाल उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एक निजी कम्पनीको जहाज चार्टड गरेर पदको दुरुपयोग गरेका छन् । समिट एयरको जहाज नेपाल उड्डयन प्राधिकरणको नाममा चार्टर गरेर महानिर्देशक अधिकारी सुर्खेतबाट भैरहवा विमानस्थलमा आएको र त्यहाँबाट चार्टड उडान गरेर नेपालगन्ज लगेको पत्ता लागेको छ ।सुर्खेतमा विमानस्थलको निरीक्षण तथा परीक्षण उडानका लागि पुगेका अधिकारी गृहमन्त्री वालकृष्ण खाँड र...
काठमाडौँ । आज बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक १८६४.४१ विन्दुमा आएको छ।यस अवधिमा ११ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १७ सय २६ कित्ता सेयर कारोबार भएको छ।यस सेसनमा कुल २३ वटा कारोबार भएको हो। यो सेसनमा ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।
धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आशंकामा श्रीमान-श्रीमती पक्राउ परेका छन्।प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट उनकाे मृत्यु नभएर हत्या भएकाे खुलेको छ।बैतडीकाे सुर्नया गाउँपालिकाको ग्वानी घर भइ पाटनमा रहेकाे कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको आशंकाका आधारमा दुई जना पक्राउ परेका हुन्।पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र...









