‘का यहे हो माया’ सार्वजनिक

57

काठमाडौँ । थारु भाषाको गीत ‘का यहे हो माया’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीत ‘सेबिल इन्टरटेनमेन्टु युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेको हो। गीतमा शब्द, संगीत र स्वर आरके थारुको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्।

वीरबहादुर थारूले सम्पादन गरेको म्युजिक भिडियोमा आरके चौधरी र निर्जा राजवंशीले अभियन गरेका छन्। म्याड म्याक्स विक्रमले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन रजनिश चौधरीले गरेका हुन्।

लोकेन्द्रराज चौधरीको प्रस्तुतिमा बनेको म्युजिक भिडियोको निर्माता अरुण आर्यन चौधरी हुन्।