Thursday, October 1, 2026
Home समाज भक्तपुर अदालतको पत्र आएपछि ‘सिरियल किलर’ काे रिहाइ हुने

भक्तपुर अदालतको पत्र आएपछि ‘सिरियल किलर’ काे रिहाइ हुने

71

भक्तपुर । ‘सिरियल किलर’ चार्ल्स शाेभराज आजै रिहाइ हुने भएका छन्। उनकाे रिहाइका लागि केन्द्रीय कारागार, सुन्धाराले भक्तपुर अदालतकाे पत्र कुरेर बसेकाे छ।

शोभराजलाई जन्मकैद (२०) को कैद सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालयमा पुगेपछि उनी रिहाइ हुनेछन्। थुनामुक्त हुने प्रक्रियासमेत अघि बढिसकेको केन्द्रीय कार्यालयले जनाएकाे छ।

सर्वोच्च अदालतले बुधबार ‘बिकिनी किलर’ भनेर चिनिने फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन आदेश दिएको थियाे।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेलमुक्त गर्न आदेश दिएको हो।

शोभराजलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो।