Thursday, June 11, 2026
Home Blog Page 565
एजेन्सी ।  दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।‘ पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो ।  दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका...
काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए । ‘यो भनेको यस वर्षको अहिलेसम्मको कम न्यूनतम तापक्रम हो,’ उनले भने...
-केके मानन्धर भक्तपुर । भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो ।तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम...
हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ ।बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार पदबाट राजीनामा दिएका छन्।धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले विहीबार सदस्य पदको शपथ लिएपछि शुक्रबार राजीनामा दिएका हुन्।मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै सञ्चार माध्यममा उनको आलोचनासमेत भएको थियाे । पाण्डेले शुक्रबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन्।
काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ ।उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको...
खरा । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए ।र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले प्रश्न गर्छन्, ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’जवाफमा ओलीले मेयर बालेनको...
काठमाडौं । वि.स २०४९ सालमा डेनिस सहयोग नियोगबाट काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौं–तराई–मधेस दु्रतमार्ग सुरु भएको हो । तर, विविध कारणले यसको निर्माण कार्य हुन सकेको छैन् । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त...
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् ।तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास...
भक्तपुर । सूर्यविनायक नगरपालिका भित्र रहेको विभिन्न विद्यालयमा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरुले केबुलकारदेखि रकेटसम्म बनाएका छन् । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी भएका नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए । सो विज्ञान प्रर्दशनीमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रर्दशनीको...