Thursday, June 11, 2026
Home Blog Page 566
काठमाडौं । सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ । नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।
काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।उपत्यका बाहिर रहेका यादव र राई दुवै...
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ।दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन्।साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन्।
धरान । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान...
काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरे । जसमा उपाधि विजेताले ५५...
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते मतदान हुने जनाएको छ। त्यसअघि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ।सोही दिन दिउँसो पौने १ बजे उम्मेदवारको...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।हिजो (बिहीबार) बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताकै निरन्तरता स्वरूप आज उनीहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।हिजो...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य सूचीअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ।अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ३४ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, एभोकाडो ३२५ रुपैयाँ,...
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य आज...