बागमती प्रदेशमा पुस १३ गते ज्येष्ठ सांसदको शपथ

63

हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ ।

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

प्रदेश सभामा निर्वाचित बाँकि प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम पुस १४ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन् ।